रूपन्देही-२ मा कांग्रेसबाट चुन्न पौडेलको उमेदवारी दर्ता

कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका पौडेल बुटवलका सफल व्यवसायी हुन् ।

माघ ६, २०८२

घनश्याम गौतम

Poudel registers candidacy for Rupandehi-2 from Nepali Congress

बुटवल — रूपन्देही-२ मा कांग्रेसका चुन्नप्रसाद पौडेलले उम्मेदवारी दर्ता गराएका छन्।

पौडेलले बुटवल उपमहानगरपालिका-११ मा रहेको निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन्। कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका पौडेल बुटवलका सफल व्यवसायी हुन् ।

रूपन्देही-२ मा एमालेबाट २०६४ देखि लगातार विजयी हॅुदै आएका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेल, रास्वपाबाट सुलभ खरेल र नेकपाबाट सुवास पाण्डेले उमेदवारी दर्ता गराउॅदै छन्।

निर्वाचन अधिकृत राजेन्द्र न्यौपानेका अनुसार अहिलेसम्म रूपन्देही-२ बाट नेपाली कम्युनिष्ट पार्टीका पाण्डे, प्रलोपाका नारायण नगिना, राप्रपाका कर्भिका थापा, स्वतन्त्रसहित २२ जनाले उम्मेदवारी गराएका छन्।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully