रुपन्देही-३ मा प्रमुख दलले गरे उम्मेदवारी दर्ता

यो क्षेत्रबाट प्रमुख दल कांग्रेस, एमाले, नेकपा, राप्रपा, रास्वपा, जनमत, लाेसपालगायत दलले मंगलबार अपरान्हसम्म मनाेनयन दर्ता पूरा गरेका हुन् ।

माघ ६, २०८२

दीपेन्द्र बडुवाल

Major parties register candidacies in Rupandehi-3

भैरहवा — फागुन २१ काे प्रतिनिधिसभा सदस्य निर्वाचनकालागि रुपन्देही-३ मा अधिकांश दलका उम्मेदवारले मनाेनयन दर्ता गरेका छन् ।

उक्त क्षेत्रबाट प्रमुख दल कांग्रेस, एमाले, नेकपा, राप्रपा, रास्वपा, जनमत, लाेसपालगायत दलले मंगलबार अपरान्हसम्म मनाेनयन दर्ता पूरा गरेका हुन् ।

रुपन्देही-३ बाट गाेपाल भण्डारी र जेबी गुप्ताले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । दुबै यसअघि रास्वपा निकट हुन् ।

रुपन्देही-३ मा कांग्रेस उम्मेदवार सुशील गुरुङले अपरान्ह उम्मेदवारी दर्ता गराए । त्यसकाे केही समय अगाडि एमालेबाट बासुदेव घिमिरे, रास्वपाबाट लेखजंग थापा, नेपाली कम्युनिस्ट पार्टीका फैज अहमद खानले उम्मेदवारी दर्ता गराएका थिए ।

मंगलबार अपरान्ह राप्रपाबाट दिवंगत नेता दीपक बाेहराका जेठा छाेरा गाैरबले उम्मेदवारी दर्ता गराएका थिए ।
यसअघि रुपन्देही-३ मा दीपक बाेहराले पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पराजित गरेका थिए। बाेहराकाे निधनपछि निर्वाचन क्षेत्र रिक्त थियाे । आफ्ना बुवा निर्वाचन लड्दै आएकाे क्षेत्र बाट बरिस्ठ पाइलट गाैरब लाई राप्रपाले उम्मेदवार बनाएकाे हाे ।

मंगलबार बिहान १० बजेबाट मनाेनयन सुरु गरिएको थियाे । साँझ ५ बजेसम्म निर्वाचन क्षेत्रमा रहेका दललाई तालिका ताेकेर मनाेनयनका लागि समय विभाजन गरिएको थियाे । निर्वाचन आयाेगले आव्हान गरे अनुसार सबै दल शान्तिपूर्ण तरिकाले मनाेनयनका लागि मुख्य निर्वाचन अधिकृतकाे कार्यालय पुगेका थिए ।

दीपेन्द्र

Link copied successfully