बैतडीमा कांग्रेसबाट चतुरबहादुर चन्दको उम्मेदवारी दर्ता

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष रहेका चन्द पहिलो पटक संसदीय निर्वाचन लड्न लागेका हुन् ।

माघ ६, २०८२

कान्तिपुर संवाददाता

Chatur Bahadur Chand files candidacy from Nepali Congress in Baitadi

काठमाडौँ — बैतडीमा कांग्रेसबाट चतुरबहादुर चन्दले उम्मेदवारी दर्ता गरेका छन्।

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष रहेका चन्द पहिलो पटक संसदीय निर्वाचन लड्न लागेका हुन् । 

कांग्रेस जिल्ला सभापति समेत रहेका उनी पूर्वशिक्षक हुन् । शिक्षण पेशासँगै क्रिकेटको विकासमा सक्रिय रहेका चन्द २०७४ मा शिक्षकबाट अवकाश लिएर सक्रिय राजनीतिमा आएका थिए।

कान्तिपुर

Link copied successfully