उनले संसदभन्दा बाहिर रहेर आन्दोलन र सिकाइलाई निरन्तरता दिने बताएकी छिन् ।
काठमाडौँ — जेन–जी अगुवा रक्षा बमले फागुन २१ गते हुने चुनावमा आफू उम्मेदवार नहुने बताएकी छिन्। उम्मेदवार बन्नका लागि बमलाई कांग्रेसदेखि रास्वपासम्मले प्रस्ताव गरेका थिए ।
उनले सामाजिक सञ्जाल फेसबुकमा सडक नै आफ्नो राजनीतिक आधार र विश्वविद्यालय भएको बताउँदै संसदभन्दा बाहिर रहेर आन्दोलन र सिकाइलाई निरन्तरता दिने उल्लेख गरेकी छिन्।
उनले भुइँमान्छेहरूसँगै रहनु नै आफ्नो राजनीतिक कन्भिक्सन भएको बताउँदै लेखेकी छिन्, ‘हिजो पनि चुनाव नलड्ने कुरा स्पष्ट थियो, आज पनि स्पष्ट छ।’
२३ र २४ भदौको जेनजी विद्रोहलाई संस्थागत गर्न राज्यसँग सम्झौता गर्ने एजेण्डा एकीकृत गर्ने उद्देश्यसहित रक्षाले जेनजी फ्रन्ट घोषणा गरेकी थिइन् ।
