बझाङमा कांग्रेसका प्रकाश स्नेहीको उम्मेदवारी वारेसमार्फत दर्ता

कांग्रेस नेता पुस्कल बाेहराले उनकाे उम्मेदवारी दर्ता गराएकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जानकारी दिएकाे छ ।

माघ ६, २०८२

वसन्तप्रताप सिंह

Congress' Prakash Snehi's candidacy in Bajhang registered through Wares

बझाङ — फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बझाङमा कांंग्रेसका प्रकाश स्नेहीले उम्मेदवारी दर्ता गराएका छन्।

उनले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन् । कांग्रेस नेता पुस्कल बाेहराले उनकाे उम्मेदवारी दर्ता गराएकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जानकारी दिएकाे छ । 

बझाङमा यो सँगै सात दलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। यसअघि माओवादीका भरत मल्ल, रास्वपाका शैलेश सिंह, एमालेका ऐनबहादुर महर, नेकपाका मीनबहादुर कुँवर, राष्ट्रिय प्रजातन्त्र पार्टीका विश्व जेठारा र नेपाल मजदुर किसान पार्टीका दलबहादुर धामीले उम्मेदवारी दर्ता गराइसकेको निर्वाचन मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

वसन्तप्रताप सिंह कान्तिपुरका बझाङ संवाददाता हुन् ।

Link copied successfully