३ बजेसम्म १२ सय १४ जनाले गराए उम्मेदवारी दर्ता

सबैभन्दा धेरै उम्मेदवारी काठमाडौं–३ मा दर्ता भएको छ। यहाँ १४ जनाले उम्मेदवारी दर्ता गराइसकेका छन्।

माघ ६, २०८२

कान्तिपुर संवाददाता

1,214 people registered their candidacies by 3 p.m.

काठमाडौँ — निर्वाचन आयोगका अनुसार दिउँसो ३ बजेसम्म १२ सय १४ जनाले मनोनयन दर्ता गराएका छन्।

आयोगका अनुसार सबैभन्दा धेरै उम्मेदवारी काठमाडौं–३ मा दर्ता भएको छ। यहाँ १४ जनाले उम्मेदवारी दर्ता गराइसकेका छन्।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ आज देशैभर उम्मेदवारी दर्ता हुँदैछ।

देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ।

आयोगले सबै क्षेत्रमा निर्वाचन अधिकृत खटाइसकेको छ। उम्मेदवारी मनोनयनपूर्व आयोगले सोमबारबाट निर्वाचन आचारसंहिता पनि लागू गरिसकेको छ।

देशभर १ करोड ८९ लाख ३ हजार ५६ सय ८९ मतदाता छन् । १ सय ६५ निर्वाचन क्षेत्रमा खोलिएका निर्वाचन अधिृकत कार्यालयलाई मनोनयन प्रयोजनका निम्ति आवश्यक पर्ने मतदाता नामावली पुस्तिका पठाइसकिएको छ ।

कान्तिपुर

Link copied successfully