रूपन्देही-२ मा एमालेबाट विष्णु पौडेलको उम्मेदवारी दर्ता

उनी २०६४ सालदेखि रूपन्देही-२ बाट निरन्तर चुनाव जित्दै आएका छन् ।

माघ ६, २०८२

घनश्याम गौतम

Bishnu Poudel files candidacy from UML in Rupandehi-2

बुटवल — एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले रूपन्देही-२ बाट उम्मेदवारी दर्ता गराएका छन्।

पौडेलले बुटवल उपमहानगरपालिका-११ मा रहेको निर्वाचन अधिकृतको कार्यालयमा नेताकार्यकर्तासहित पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । उनी २०६४ सालदेखि रूपन्देही-२ बाट निरन्तर चुनाव जित्दै आएका छन् ।

रूपन्देही-२ का लागि अहिलेसम्म कांग्रेसबाट चुन्नप्रसाद पौडेल, नेपाली कम्युनिष्ट पार्टीबाट सुवास पाण्डे,  राप्रपाबाट कर्भिका थापा,  प्रलोपाबाट नारायण नागिलासहित २४ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत राजेन्द्र न्यौपानेले बताए । 

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully