३ बजेसम्म देशभरबाट १२ सय १४ जनाले दर्ता गराए उम्मेदवारी

हालसम्मको तथ्यांक अनुसार सबैभन्दा धेरै उम्मेदवारी काठमाडौँ–३ मा दर्ता भएको छ ।

माघ ६, २०८२

कान्तिपुर संवाददाता

As of 3 pm, 1,214 people from across the country have registered their candidacies.

काठमाडौँ — निर्वाचन आयोगले मंगलबार ३ बजेसम्म देशभर १२ सय १४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

२१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि दल अनि स्वतन्त्र गरी उक्त संख्यामा उम्मेदवारी मनोनयन पेस भएको हो । हालसम्म ६५९ जनाको उम्मेदवारी भेरिफिकेसन भएको र ५ सय ५५ जनाको मनोनयन भेरिफाई हुने क्रममा रहेको छ । 

हालसम्मको तथ्यांक अनुसार सबैभन्दा धेरै उम्मेदवारी काठमाडौँ–३ मा दर्ता भएको छ । काठमाडौँ-३ मा १४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

कान्तिपुर

Link copied successfully