रौतहट १ मा माधव नेपालको उम्मेदवारी दर्ता

नेकपा उपसंयोजक नेपालले दलबलसहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।

माघ ६, २०८२

शिव पुरी

Madhav Nepal files candidacy in Rautahat 1

रौतहट — नेपाली कम्युनिस्ट पार्टीका उपसंयोजक माधवकुमार नेपालले रौतहट १ बाट मनोनयन दर्ता गराएका छन्।

नेकपा उपसंयोजक नेपालले दलबलसहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।

त्यस्तै यो क्षेत्रमा एमालेबाट अजय गुप्ताले मनोनयन दर्ता गराएका छन् । कांग्रेसका अनिल झा र रास्वपाका राजेश साहले पनि उम्मेदवारी दर्ता गराएका छन्।

शिव पुरी उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully