दिउँसो २ बजेसम्म १ सय ६५ निर्वाचन क्षेत्रमा ८ सय ६१ जनाले गराए मनोनयन दर्ता

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले भने, ‘देशैभर मनोनयन दर्ता जारी छ।’

माघ ६, २०८२

कान्तिपुर संवाददाता

As of 2 pm, 861 people have registered their nominations in 165 constituencies.

काठमाडौँ — निर्वाचन आयोगका अनुसार दिउँसो २ बजेसम्म १६५ निर्वाचन क्षेत्रमा ८ सय ६१ जनाले मनोनयन दर्ता गराएका छन्।

सहायक प्रवक्ता कुलबहादुर जिसीले भने, ‘देशैभर मनोनयन दर्ता जारी रहेको छ।’

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ आज देशैभर उम्मेदवारी दर्ता हुँदैछ। देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता हुन सकिने निर्वाचन आयोगले जनाएको छ।

आयोगले सबै क्षेत्रमा निर्वाचन अधिकृत खटाइसकेको छ। उम्मेदवारी मनोनयनपूर्व आयोगले सोमबारबाट निर्वाचन आचारसंहिता पनि लागू गरिसकेको छ।

देशभर १ करोड ८९ लाख ३ हजार ५६ सय ८९ मतदाता छन् । १ सय ६५ निर्वाचन क्षेत्रमा खोलिएका निर्वाचन अधिृकत कार्यालयलाई मनोनयन प्रयोजनका निम्ति आवश्यक पर्ने मतदाता नामावली पुस्तिका पठाइसकिएको छ ।

सम्बन्धित समाचार

आयोगमै छापिँदै छ मतदाता नामावली, जिल्ला पठाउने तयारी

कान्तिपुर

Link copied successfully