बझाङमा यो सँगै दिउँसो २ बजेसम्म चार दलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।
बझाङ — आगामी फागुन २१ गते हुने निर्वाचनका लागि एमाले उम्मेदवार ऐनबहादुर महरले मनोनयन दर्ता गराएका छन्।
उनी समर्थकका साथ बाजागाजा र जुलुससहित मुख्य निर्वाचन अधिकृतको पुगेका थिए। बझाङमा यो सँगै दिउँसो २ बजेसम्म चार दलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।
यसअघि नेकपाका मीनबहादुर कुँवर, राष्ट्रिय प्रजातन्त्र पार्टीका विश्व जेठारा र नेपाल मजदुर किसान पार्टीका दलबहादुर धामीले उम्मेदवारी दर्ता गराइसकेको निर्वाचन मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।
