उनी पहिलो पटक प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका हुन् ।
सुर्खेत — आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रमेशकुमार सापकोटाले मनोनयन दर्ता गराएका हुन् ।
रास्वपा सुर्खेत जिल्ला सभापतिसमेत रहेका सापकोटाले मंगलबार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् । उनी पहिलो पटक प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका हुन् ।
