आयोगमै छापिँदै छ मतदाता नामावली, जिल्ला पठाउने तयारी

देशभर १ करोड ८९ लाख ३ हजार ५६ सय ८९ मतदाता छन् ।

माघ ६, २०८२

कान्तिपुर संवाददाता

Voter lists are being printed at the commission, preparations are underway to send them to the districts.

काठमाडौँ — निर्वाचन आयोगले मतदाता नामावली छपाइ गरेर जिल्ला जिल्लामा पठाउने तयारी गरेको छ ।

आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले निर्वाचन अधिकृतको कार्यालय, मतदान केन्द्र तथा उम्मेदवारहरूलाई आवश्यक पर्ने मतदाता नामावली छपाइको कार्य भइरहेको बताए । मतदाता नामावली छपाइको काम आयोगमै भइरहेको छ ।

देशभर १ करोड ८९ लाख ३ हजार ५६ सय ८९ मतदाता छन् । १ सय ६५ निर्वाचन क्षेत्रमा खोलिएका निर्वाचन अधिृकत कार्यालयलाई मनोनयन प्रयोजनका निम्ति आवश्यक पर्ने मतदाता नामावली पुस्तिका पठाइसकिएको छ । अन्य प्रति निर्वाचन प्रयोजनका सामग्रीहरूसँगै पठाइने न्यौपानेले बताए ।

Voter lists are being printed at the commission, preparations are underway to send them to the districts.

कान्तिपुर

Link copied successfully