'विशेष महाधिवेशन केन्द्रीय समितिले बोलाएन भनेपछि बोलाएन । बोलाउने नबोलाउने अधिकार केन्द्रीय समितिको हो,' निधिको भनाइ छ।
काठमाडौँ — नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले विशेष महाधिवेशनमा ४० प्रतिशत प्रतिनिधि पनि जम्मा नहुने दाबी गरेका छन्।
विशेष महाधिवेशन माग गर्ने पक्षले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन गरेको दाबी गरेपनि नेता निधिले भने विशेष महाधिवेशन माग गरिएको निवेदनमा रीत नै नपुगेको बताए।
'उहाँहरूले ५४ प्रतिशत भन्नुभएको छ। त्यो ५४ प्रतिशत हो भन्ने कुराको आधार के? त्यसको सनाखत कहाँ भएको छ ? म ५४ प्रतिशतले हस्ताक्षर गरेका हो भन्ने पत्याउँदिनँ । मेरो जानकारीमा त्यो हस्ताक्षर ४० प्रतिशत पनि पुग्दैन । त्यही भएर सनाखत गरिनुपर्थ्यो । अब त्यसका लागि समय नै छैन । त्यही भएर निर्वाचन पछि गर्ने हो,' निधिले कान्तिपुरसँगको कुराकानीमा भनेका छन्, 'महाधिवेशन प्रतिनिधिबाहिरका मानिसहरूको भीड जम्मा गरेर बहुमत भयो भन्नुसँग मतलब छैन । मान्छे जम्मा हुनु एउटा कुरा हो । तर, महाधिवेशन प्रतिनिधि त्यहाँ ४० प्रतिशत पनि जम्मा हुँदैनन् ।'
उनले पार्टीको केन्द्रीय समितिले अहिले विशेष महाधिवेशनको आवश्यकता नरहेको निष्कर्ष निकालेर नियमित महाधिवेशनबारे निर्णय गरेको बताए। 'विशेष महाधिवेशन केन्द्रीय समितिले बोलाएन भनेपछि बोलाएन । बोलाउने नबोलाउने अधिकार केन्द्रीय समितिको हो,' उनको भनाइ छ।
विस्तृत कुराकानी :
