उद्यमी विदुषी राणाले समानुपातिक बन्दसूचीमा आफ्नो नाम समावेश भएकोबारे आइतबार प्रस्टीकरण दिँदै समानुपातिक सूची आफ्नो अधिकार नभइ भोलिको पुस्ताको जिम्मेवारी भएको बताएकी हुन् ।
काठमाडौँ — उद्यमी विदुषी राणाले भोलि पुस्ताको जिम्मेवारीबोध भएर आसन्न प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ उम्मेदवारी दिएको बताएकी छन् ।
किरण सुज म्यानुफ्याक्चर्सकी कार्यकारी निर्देशक राणाले समानुपातिक बन्दसूचीमा आफ्नो नाम समावेश भएकोबारे आइतबार प्रस्टीकरण दिँदै समानुपातिक सूची आफ्नो अधिकार नभइ भोलिको पुस्ताको जिम्मेवारी भएको बताएकी हुन् । उनको नाम खस-आर्य महिलातर्फ रास्वपाको समानुपातिक उम्मेदवारको सूचीमा समावेश छ ।
'समानुपातिक सूची मेरो अधिकार होइन, जिम्मेवारी हो । म भोलिको पुस्ताको आवाज लिएर यहाँ आएकी हुँ,' उनले सामाजिक सञ्जालमा लेखेकी छन्, 'आफूले कहिल्यै व्यक्तिगत राजनीतिक महत्वाकांक्षा बोकेर अघि नबढेको र आफ्नो परिचय राजनीति नभइ उद्योग, उत्पादन र श्रमसँग जोडिएको छ ।'
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको आग्रहमा समानुपातिकतर्फ उम्मेदवारी दिन सहमत भएको जनाउँदै निर्वाचित भएमा उद्योग, रोजगारी र अर्थतन्त्रका मुद्दामा अनुभवसहितको आवाज संसद्मा अघि बढाउने उनले बताएकी छन् ।
राणाले सामाजिक सञ्जालमा पोस्ट गरेको विचार जस्ताको तस्तै :
