यस्तो छ, एमाले महाधिवेशनस्थल भृकुटीमण्डपको माहोल

महाधिवेशनस्थल भृकुटीमण्डपभित्र र बाहिर उम्मेदवारहरूले प्रचार-प्रसार तीव्र पारेका छन्।

पुस १, २०८२

विवेक पोख्रेल

This is the atmosphere at Bhrikuti Mandap, the venue of the UML general convention.

What you should know

काठमाडौँ — एमालेमा नयाँ नेतृत्व चयनका लागि मतदान हुन केही समय बाँकी रहँदा प्रचार-प्रसार तीव्र बनेको छ। महाधिवेशनस्थल भृकुटीमण्डपभित्र र बाहिर उम्मेदवारहरूले प्रचार-प्रसार तीव्र पारेका छन्। आ-आफ्ना पक्षका नेताहरूलाई भोट माग्नेको लर्को प्रदर्शनीमार्गभरी देखिन्छ।

मुख्य गेटभित्र प्रतिनिधि, उम्मेदवार र स्वयंसेवकलाई मात्रै सुरक्षा जाँच गरेर पठाइएको छ। त्यसैले धेरै उम्मेदवारका शुभेच्छुक र समर्थकहरू मत माग्दै यताउती गरिरहेका छन्। केही भने उम्मेदवारहरूको फोटो सहितको प्रचार सामाग्री भएको छाता ओडेर यताउती गरिरहेका छन्।This is the atmosphere at Bhrikuti Mandap, the venue of the UML general convention.

प्रदर्शनीमार्गमा उम्मेदवारहरूको फ्लेक्स बोकेर यताउती गर्ने र फोटो सहितको प्रचार सामाग्री बाँड्दै हिँड्नेहरू पनि देखिन्छन्। केही उम्मेदवारहरू भने आफ्नो पक्षमा मोहोल देखाउन पंचेबाजासहित उपस्थित छन्। यस्तै बाजा समूहमा थिएन, चन्द्रागिरीकी सुशिला अधिकारी । बाजा समूहकी कोषाध्यक्ष सुशिला अधिकारीले आफ्नो समूहको प्रचार-प्रसार पनि हुने र उम्मेदवारको प्रचार पनि हुने ठानेर आफूहरू पारिश्रमिक लिएर आएको बताइन्। उनले आफूहरू ११ जना समूहका आएको बताउँदै आफूहरू राजधानी विशेष प्रदेश सदस्य पदका उम्मेदवार सन्तोष खड्काले भनेपछि उनलाई जिताउन आएको बताए।This is the atmosphere at Bhrikuti Mandap, the venue of the UML general convention.

उम्मेदवारको भिजिटिङ कार्ड र प्रचार सामग्री सडकभरि असरल्ल देखिन्छ। केही उम्मेदवार र कार्यकर्ता भने बदाम र सुन्तला खाँदै राजनीतिक गफमा व्यस्त देखिन्छन्। कोही भने फुर्सदको समय सदुपयोग गर्दै भृकुटीमण्डपभित्र किनमेल गरिरहेको पनि देख्न सकिन्छ।

This is the atmosphere at Bhrikuti Mandap, the venue of the UML general convention.

एमाले महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका सदस्य सानुराज पोखरेलका अनुसार केन्द्रीय कमिटीको ३०१ पदका लागि ६०३ उम्मेदवारी परेको छ। पदाधिकारीतर्फ अध्यक्ष (१) मा २, उपाध्यक्ष (५) मा ११, महासचिव (१) मा २, उपमहासचिव (३) मा ७, सचिव (९) मा २० जनाले उम्मेदवारी दिएका छन्।

विवेक पोख्रेल विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully