एमाले महाधिवेशन प्रतिनिधिमा गण्डकी प्रदेश सांसद पाण्डे पराजित

पाण्डे क्षेत्र नम्बर २ ‘ख’ बाट प्रदेश सभामा निर्वाचित सांसद हुन् ।

मंसिर १४, २०८२

नारायण शर्मा

Gandaki Province MP Pandey defeated as UML general convention representative

काठमाडौँ — एमाले महाधिवेशनका लागि जिल्लाबाट प्रतिनिधि छनोट गर्न शनिबार सम्पन्न मतदानमा एमाले गण्डकी प्रदेश सभा सदस्य लक्ष्मण पाण्डे पराजित भएका छन्। पाण्डे क्षेत्र नम्बर २ ‘ख’ बाट प्रदेश सभामा निर्वाचित सांसद हुन् ।

क्षेत्र नम्बर २ खुला तर्फ ४ जना महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुपर्नेमा ८ जनाको उम्मेदवारी परेको थियो। विजयी भएका भीमलाल अधिकारीले सर्वाधिक १ हजार ३४ मत प्राप्त गर्दा प्रदेश सांसद पाण्डेले ३ सय ४० मत मात्रै पाएका थिए।

दुई वटा निर्वाचन क्षेत्र रहेको पूर्वी नवलपरासीमा एमाले महाधिवेशनका लागि भएको निर्वाचनमा १४ जना केपी ओली पक्षधर र १ जना ईश्वर पोखरेल पक्षधर विजयी भएका छन्।

एमालेको मंसिर अन्तिम साता हुने ११ औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया जारी छ ।

सम्बन्धित समाचार 

यसरी छानिने छन् एमालेका २ हजार २ सय महाधिवेशन प्रतिनिधि

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully