धनुषा-१ मतगणना विवाद : सर्वोच्चले छलफलका लागि दुवैलाई बोलायो

कालोसूचीमा परेका रास्वपा उम्मेदवार किशोरी साह कमलले दायर गरेको रिटमा न्यायाधीश नृपध्वज निरौलाको इजलासले फागुन २९ गतेका लागि दुवै पक्षलाई छलफलमा बोलाएको हो ।

फाल्गुन २५, २०८२

कान्तिपुर संवाददाता

Dhanusha-1 vote counting dispute: Supreme Court summons both for discussion

काठमाडौँ — धनुषा-१ मा चलेको मतगणना विवादमा सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

कालोसूचीमा परेका रास्वपा उम्मेदवार किशोरी साह कमलले दायर गरेको रिटमा न्यायाधीश नृपध्वज निरौलाको इजलासले फागुन २९ गतेका लागि दुवै पक्षलाई छलफलमा बोलाएको हो । 

आदेशमा भनिएको छ, '...विषयवस्तुको संवेदनशीलता र गाम्भीर्यतालाई विचार गर्दा प्रस्तुत रिट निवेदनमा अन्तरिम आदेश जारी हुने नहुने सम्बन्धमा निर्वाचन आयोगको समेत कुरा सुनी निवेदकको उम्मेद्वारी खारेज गर्ने गरी भएको निर्णयसमेत हेरी निष्कर्षमा पुग्नु उपयुक्त हुने देखिएबाट सो प्रयोजनार्थ मिति २०८२।११।२९ गते प्राथमिकतामा पर्ने गरी पेसी तोकी सो छलफल पेसीमा विपक्षी आयोगको मिति २०८२।११।१८ को निवेदकको उम्मेदवारी खारेज गर्ने सम्बन्धी निर्णय हितको फायल लिई आउनू भनी विपक्षीहरुलाई यथाशीघ्र जानकारी गराई नियमानुसार पेस गर्नू ।'

धनुषा-१ मा रास्वपा उम्मेदवार साहको उम्मेदवारी खारेज भए पनि उनैले धेरै मत ल्याएपछि निर्वाचन आयोगले मतपरिणाम सार्वजनिक गरेको छैन ।  नेपाली कम्युनिस्ट पार्टीले भने धनुषा–१ मा प्रतिनिधिसभा सदस्यका लागि विजयी भएका आफ्ना उम्मेदवार मातृका यादवलाई अहिलेसम्म निर्वाचित भएको प्रमाणपत्र नदिएको भन्दै आपत्ति जनाएको छ । 

Dhanusha-1 vote counting dispute: Supreme Court summons both for discussion

कान्तिपुर

Link copied successfully