५ निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा राजनीतिक दलबाट र स्वतन्त्र समेत गरी कुल १५५ उम्मेदवार रहेकोमा १२ जनाबाहेक अन्यको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ ।
भैरहवा — प्रतिनिधिसभा सदस्यका लागि रुपन्देहीबाट चुनावी प्रतिस्पर्धामा रहेका १४३ उम्मेदवारको जमानत जफत भएको छ । जमानत जफत हुनेमा विभिन्न राजनीतिक दलका र स्वतन्त्र उम्मेदवार छन् ।
५ निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा राजनीतिक दलबाट र स्वतन्त्र समेत गरी कुल १५५ उम्मेदवार रहेकोमा १२ जनाबाहेक अन्यको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीकी प्रमुख कल्पना अर्यालले कूल सदर मतको १० प्रतिशत प्राप्त नगर्ने उम्मेदवारको जमानत जफत हुने प्रावधान रहेको बताइन् ।
निर्वार्चन कार्यालयका अनुसार ३१ उम्मेदवार रहेको रुपन्देही–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्बाचित सुनिल लम्साल र कांग्रेसका हिराबहादुर खत्रीबाहेक २९ उम्मेदवारको जमानत जफत भएको छ ।
३९ उम्म्देवार रहेको रुपन्देही–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजयी सुलभ खरेल, एमालेका विष्णु पौडेल र कांग्रेसका चुन्नप्रसाद शर्माबाहेक अन्यको जमानत जफत भएको छ ।
३६ उम्मेदवार रहेको रुपन्देही–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजयी डा. लेखजंग थापाबाहेक अन्य सबैको जमानत जफत भएको छ ।
२२ उम्मेदवार रहेको रुपन्देही–४ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजयी कन्हैया बनिया, एमालेका प्रमोदकुमार यादव र कांग्रेसका आशुतोष मिश्रबाहेक अन्यको जमानत जफत भएको छ ।
२७ उम्मेदवार रहेको रुपन्देही–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजयी तौफिक अहमद खान, एमालेका खिमलाल भट्टराई र कांग्रेसका भरतकुमार शाहबाहेक अन्यको जमानत जफत भएको हो ।
