धनकुटामा ७ उम्मेदवारले कटाएनन् सय मत 

धनकुटामा एमालेका राजेन्द्रकुमार राई १८ हजार १३२ मत ल्याउँदै विजयी भएका छन् ।

फाल्गुन २५, २०८२

विनोद घिमिरे

7 candidates in Dhankuta did not get 100 votes

धनकुटा — प्रतिनिधिसभा सदस्य निर्वाचनमा धनकुटाबाट प्रतिस्पर्धामा उत्रिएका केही उम्मेदवारले सय मत समेत कटाउन सकेनन् । दल र स्वतन्त्र गरी ७ उम्मेदवारले एक सय मत समेत पार गर्न सकेनन् । यसले चुनावी प्रतिस्पर्धामा उम्मेदवारको प्रभाव, संगठन र मतदातासँगको पहुँच कति महत्वपूर्ण हुन्छ भन्ने देखाएको छ।

सबैभन्दा कम मत नेपाल मजदुर किसान पार्टीका उम्मेदवार उत्तम शाखाकर्मीले पाए । उनले जिल्लाभरिबाट जम्मा २२ मत प्राप्त गरे । यस्तै, मंगोल नेशनल अर्गनाइजेसनका सागर राईले ८२ मत, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बालकुमार ताम्लीले ६५ मत प्राप्त गरे।

आम जनता पार्टीका प्रेमबहादुर थापाले ५५ मत पाए । स्वतन्त्र उम्मेदवारमध्ये जितेन्द्र राईले ९१ र मनकुमार योन्जनले ५६ मत मात्रै ल्याए। धनकुटामा यसपटक दलका १४ र स्वतन्त्र ३ गरी १७ उम्मेदवार प्रतिस्पर्धामा थिए। 

धनकुटामा एमालेका राजेन्द्रकुमार राई १८ हजार १३२ मत ल्याउँदै विजयी भए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका दिनेश राईले १४ हजार २५७ मत प्राप्त गरे ।  धनकुटामा ६४ हजार ४ सय ९० मत खसेको थियो । 

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully