रास्वपाले २४ स्थानमा लियो अग्रता

प्रारम्भिक मतपरिणाम अनुसार काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा रास्वपाका उम्मेदवार अघि देखिएका छन् ।

फाल्गुन २२, २०८२

दुर्गा दुलाल

RSP takes lead in 24 seats

काठमाडौँ — जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले हालसम्म २४ स्थानमा अग्रता कायम गरेको छ । प्रारम्भिक मतपरिणाम अनुसार काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा रास्वपाका उम्मेदवार अघि देखिएका छन् ।

रास्वपाले काठमाडौं–१ मा रञ्जु दर्शना, काठमाडौं–२ मा सुनिल केसी, काठमाडौं–३ मा राजुनाथ पाण्डे, काठमाडौं–४ मा पुकार बम, काठमाडौं–५ मा सस्मित पोखरेल, काठमाडौं–७ मा गणेश पराजुली, काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ र काठमाडौं–१० मा प्रदीप विष्टले अग्रता कायम गरेका छन् ।

त्यस्तै भक्तपुर–१ मा रुकेश रञ्जितले नेमकिपाका प्रेम सुवाललाई पछि पार्दै अग्रता लिएका छन् भने भक्तपुर–२ मा रास्वपाका राजीव खत्री अघि छन् । मोरङ–१ मा यज्ञमणि न्यौपाने, मोरङ–४ मा सन्तोष राजवंशी र मोरङ–५ मा आशा झाले अग्रता लिएका छन् ।

धनुषा–३ मा मनिष झाले अग्रता लिएका छन् भने रौतहट–४ मा गणेश पौडेल र बारा–३ मा अरविन्द शाह अघि छन् । ललितपुर–२ मा जगदीश खरेल र चितवन–३ मा सोविता गौतमले अग्रता कायम गरेका छन् ।

कास्की–१ मा खडकराज पौडेल, कास्की–२ मा उत्तम पौडेल र कास्की–३ मा बिना गुरुङले अग्रता लिएका छन् । रुपन्देही–२ मा सुलभ खरेल, बाँके–१ मा सुरेशकुमार चौधरी र कञ्चनपुर–२ मा दीपकराज बोहराले अग्रता लिएका छन् ।

दुर्गा दुर्गा दुलाल कान्तिपुरका पत्रकार हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully