तिलोत्तमा नगरपालिका–१ शंकरनगरको ४०६६ मत गन्दा रास्वपाका खरेलले २७८१ मत पाएका छन् ।
बुटवल — रूपन्देही निर्वाचन क्षेत्र नं. २ को सुरुवाती मतगणनामा रास्वपाका सुलभ खरेलले अग्रता पाएका छन् । तिलोत्तमा नगरपालिका–१ शंकरनगरको ४०६६ मत गन्दा रास्वपाका खरेलले २७८१ मत पाएका छन् । एमालेका विष्णु पौडेलले ६०९, नेपाली कांग्रेसका चुन्नप्रसाद पौडेलले ३०५, नेकपाका विश्वदीप पाण्डेले ३५ र श्रम संस्कृति पार्टीका भिमबहादुर गौतमले ९२ मत पाएका छन् ।
तिलोत्तमा–१ को मतगणना सकेर अहिले बुटवल उपमहानगरपालिका–१ को मतगणना सुरु गरिएको निर्वाचन अधिकृत राजेन्द्र न्यौपानेले बताए । त्यसपछि सैनामैना नगरपालिका–१ को गणना हुनेछ ।
रुपन्देही निर्वाचन क्षेत्र नं. २ मा १ लाख ३५ हजार ५० मतदाता रहेकोमा ८६ हजार ७ सय १५ मत खसेको थियो ।
