काठमाडौं-१ मा रास्वपा उम्मेदवार रञ्जु दर्शनाको अग्रता कायमै

८ हजार ५५ मत गन्दा रञ्जुले ३ हजार ८ सय ५० मत प्राप्त गरेकी छन् भने कांग्रेसका उम्मेदवार प्रबल थापाले २ हजार १ सय ८१ मत प्राप्त गरेका छन् ।

फाल्गुन २२, २०८२

कान्तिपुर संवाददाता

Rashtriya Swayamsevak Sangh (RSS) candidate Ranju Darshana maintains lead in Kathmandu-1.

काठमाडौं — काठमाडौं-१ मा रास्वपाकी उम्मेदवार रञ्जु दर्शनाले आफ्नो अग्रता कायमै राखेकी छन् । ८ हजार ५५ मत गन्दा रञ्जुले ३ हजार ८ सय ५० मत प्राप्त गरेकी छन् भने कांग्रेसका उम्मेदवार प्रबल थापाले २ हजार १ सय ८१ मत प्राप्त गरेका छन् । यस्तै, एमालेका मोहनराज रेग्मीले ३७१ मत पाएका छन् । 

नेकपाकी उम्मेदवार मेनुका भण्डारीले ८० मत प्राप्त गरेकी छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रविन्द्र मिश्रले १ हजार ९३ मत पाएका छन् । 

यहाँ ८ हजार ५५ मत गन्दा १५९ मत बदर भएको छ ।

कान्तिपुर

Link copied successfully