काठमाडौं-३ की निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार बिहीबार राति साढे १० बजेदेखि मतगणना सुरु भएको हो । मतगणना चामुण्ड मावि नारायणटारमा जारी छ ।
काठमाडौँ — काठमाडौं ३ र १० को मतगणना सुरु भएको छ ।
काठमाडौं-३ की निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार बिहीबार राति साढे १० बजेदेखि मतगणना सुरु भएको हो । मतगणना चामुण्डा मावि नारायणटारमा जारी छ ।
यस्तै काठमाडौं १० को मतगणना कीर्तिपुरस्थित त्रिविको स्मृति भवनमा सुरु भएको निर्वाचन अधिकृत अमृताकुमारी शर्माले ईकान्तिपुरलाई जानकारी दिइन् । उनका अनुसार दक्षिणकाली नगरपालिकाबाट मतगणना सुरु भएको छ ।
यसैगरी बाँके क्षेत्र नम्बर १ र २ मा राति ११:३० बाट मतगणना सुरु भएको छ ।
