काठमाडौं ३ मा कुलमानलाई पछि पार्दै रास्वपाका पाण्डे अघि लागे 

गोकर्णेश्वर ३ को मतगणना सुरु भएपछि घिसिङ पछि परेका हुन् ।

फाल्गुन २२, २०८२

कान्तिपुर संवाददाता

RSP's Pandey leads in Kathmandu 3, beating Kulman

काठमाडौँ — काठमाडौं क्षेत्र नम्बर ३ मा उज्यालो नेपालका कुलमान घिसिङलाई पछि पार्दै राजु पाण्डे अघि लागेका छन् । सुरुवाती गणनामा अग्रता कायम गरेका घिसिङलाई पछि पार्दै पाण्डेले २९ सय ६० मत प्राप्त गरेका छन् । 

गोकर्णेश्वर ३ को मतगणना सुरु भएपछि घिसिङ पछि परेका हुन् । उनले १८ सय ४६ मत पाएका छन् । नेपाली कांग्रेसका रमेश अर्यालले ५ सय ८३ र एमालेका रामेश्वर फुयाँलले  ४ सय ५६ मत पाएका छन् । 

राजु पाण्डे (घन्टी)–२९६० 

कुलमान घिसिङ (चिम)– १८४६

रमेश अर्याल (रुख)–५८३ 

रामेश्वर फुयाल (सूर्य)– ४५६

कान्तिपुर

Link copied successfully