उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले १८४६ मत ल्याएर अग्रता कायम राखेका छन् । उनलाई रास्वपाका उम्मेदवार राजुनाथ पाण्डेले १५६० मत ल्याएर पछ्याइरहेका छन् ।
काठमाडौँ — काठमाडौं क्षेत्र नम्बर ३ मा गोकर्णेश्वरको वडा नम्बर १ र २ को मतगणना सकिँदा उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले सुरुवाती अग्रता कायम राखेका छन् ।
घिसिङले १८४६ मत ल्याएर अग्रता कायम राखेका छन् । घिसिङलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डेले १५६० मत ल्याएर पछ्याइरहेका छन् ।
त्यस्तै, नेपाली कांग्रेसका रमेश अर्यालले ५८३ मत ल्याएर तेस्रो स्थानमा छ भने एमालेका रामेश्वर फुयाँलले ४५६ मतसहित चौथो स्थानमा छ । मुलखर्क र ओख्रेनीको मत गणना सकिएको र अब सुन्दरीजल गणना सुरु भएको छ ।
