दाङ-१ मा मतगणना सुरु, रास्वपाको अग्रता

२२२६ मतगणना हुँदा रास्वपाका देवराज पाठकले १५१५, कांग्रेसका योगेन्द्र चौधरीले २९२ र एमालेका रेवतीरमण शर्माले २२० मत प्राप्त गरेका छन् ।

फाल्गुन २२, २०८२

दुर्गालाल केसी

Counting of votes begins in Dang-1, RSVP leads

दाङ — दाङ-१ मा मतगणना सुरु भएको छ । लमही नगरपालिकाको हलमा बिहानदेखि सुरु भएको मतगणनामा रास्वपाले अग्रता लिएको छ ।

२२२६ मतगणना हुँदा रास्वपाका देवराज पाठकले १५१५, कांग्रेसका योगेन्द्र चौधरीले २९२ र एमालेका रेवतीरमण शर्माले २२० मत प्राप्त गरेका छन् ।

यस्तै, नेकपाका मेटमणि चौधरीले ८८, राजमोका गणेश आचार्यले ४८ र स्वतन्त्र उम्मेदवार लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसीले १३ मत प्राप्त गरेका छन् ।

तीन निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं. १ मा ३७ हजार ६ सय १४ पुरुष, ४३ हजार ३ सय ५ महिला र १ अन्य गरी ८० हजार ९ सय २० मत खसेको थियो । यो ५७.८० प्रतिशत मत हो । 

क्षेत्र नं. १ मा ७० हजार ५ सय ५४ पुरुष, ६९ हजार ४ सय ४६ महिला र १ अन्य गरी १ लाख ४० हजार १ मतदाता थिए ।

दाङका तीन निर्वाचन क्षेत्रमा १ सय ५९ मतदान स्थल रहेकोमा क्षेत्र नं. १ मा ५४ थिए । तीन निर्वाचन क्षेत्रमा ४ सय ८२ मतदान केन्द्र रहेकोमा क्षेत्र नं. १ मा १ सय ५८ केन्द्र थिए । क्षेत्र नं. १ मा १२ राजनीतिक दल र २ स्वतन्त्र गरी १४ जना उम्मेदवार छन् ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully