मतदातालाई प्रधानमन्त्रीको आग्रह : अरू काम छाडेर भए पनि निर्वाचनमा सरिक भइदिनूस् 

‘भोट हाल्नु भनेको केवल चुनाव चिन्हमा छाप लगाई कसैलाई जिताएर पठाउनु मात्र होइन। यो त तपाईँले आफ्नो र आफ्नो सन्तानको भविष्य कस्तो बनाउने भनेर लिने निर्णय हो,’ प्रधानमन्त्री कार्कीले भनेकी छन् ।

फाल्गुन १८, २०८२

कान्तिपुर संवाददाता

Prime Minister urges voters: Participate in the election even if it means leaving other work behind

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले २१ फागुनमा हुन गइरहेको निर्वाचनमा सरिक भइदिन सबै मतदातालाई आग्रह गरेकी छन् । मौन अवधि सुरु हुनुअघि देशवासीको नाममा सम्बोधन गर्दै उनले देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउनका लागि सबै मतदाता आगामी निर्वाचनमा सरिक भइदिनु अनुरोध गरिन । 

‘भोट हाल्नु भनेको केवल चुनाव चिन्हमा छाप लगाई कसैलाई जिताएर पठाउनु मात्र होइन। यो त तपाईँले आफ्नो र आफ्नो सन्तानको भविष्य कस्तो बनाउने भनेर लिने निर्णय हो,’ कार्कीले भनिन्, ‘तसर्थ, फागुन २१ गते बिहीबारका दिन अरू काम छाडेरै भए पनि आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गर्नुहुन म हार्दिक अपिल गर्दछु।’

उनले त्यो कठिन संक्रमणलाई व्यवस्थापन गर्दै, हिंसात्मक मोडबाट शान्तिपूर्ण निकासतर्फ देशलाई डोर्‍याउनु र संविधानको बाटोमा फर्काउनु पहिलो कर्तव्य भएको र विधिको शासन स्थापित गर्दै  संविधानको मार्गमा स्थिरताका साथ अघि बढ्न सफल भएको दाबी गरिन् । 

उनले यो उपलब्धि सबै नेपाली जनताको संयम र सहकार्यको परिणाम भएको बताइन् । 

कान्तिपुर

Link copied successfully