सोमबार दिउँसो २ बजेतिर एमालेको प्रचार टोलीले स्थानीय नेतासँग चुनाव बारे कुराकानी भइरहेकै बेला नेकपाका नेताकार्यकर्ताले ढुङ्गामुढा गरेपछि विवाद र झडप भएको प्रलोपाका उम्मेदवार विकास बुढाले जानकारी दिए ।
डोल्पा — डोल्पाको उत्तरी क्षेत्र उपल्लो डोल्पामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र एमालेका कार्यकर्ताबीच निर्वाचनको विषयमा विवाद र झडप भएको छ ।
सोमबार दिउँसो २ बजेतिर एमालेको प्रचार टोलीले स्थानीय नेतासँग चुनावबारे कुराकानी भइरहेकै बेला नेकपाका नेताकार्यकर्ताले ढुङ्गामुढा गरेपछि विवाद र झडप भएको प्रलोपाका उम्मेदवार विकास बुढाले जानकारी दिए ।
उनका अनुसार ढुङ्गामुढा प्रहारबाट भाग्ने क्रममा एमालेका केही कार्यकर्ता घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुकबहादुर खड्काले दुवै पार्टीका कार्यकर्ताहरू प्रचारको क्रममा बाटोमा भेट हुँदा विवाद भएको बताए । उनले घटनाको विषयमा थप बुझ्न प्रहरी टोली खटाएको समेत जानकारी दिए ।
साल्दाङस्थित सुरक्षा निकायले भने विवादपछि केही समय तनावको अवस्था सिर्जना भए पनि अहिले स्थिति सामान्य भइसकेको जनाए ।
सुरक्षाकर्मीका अनुसार झडपपछि एमालेका नेताकार्यकर्ता सोही पालिकाको रापगाउँ हुँदै डोल्पो बुद्ध गाउँपालिकाको धो उपत्यकातर्फ फर्किएका छन् ।
