मनसुनजन्य विपद्‍मा परी कम्तीमा ५५ जनाको मृत्यु

इलाममा पहिरोमा परेर दुई दिनमा ३८ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता छन् । 

आश्विन २०, २०८२

कान्तिपुर संवाददाता

At least 55 people died in the monsoon disaster

काठमाडौँ — पछिल्लो मनसुनजन्य विपद्‌मा परेर कम्तीमा ५५ जनाले ज्यान गुमाएका छन् ।  पहिरोमा परेर सबैभन्दा बढी मृत्यु इलाममा भएको छ । इलाममा पहिरोमा परेर दुई दिनमा ३८ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता छन् । 

सशस्त्र प्रहरी बलका अनुसार बाढीपहिरोमा परी रौतहट र उदयपुरमा ३-३, पाँचथर, काभ्रे र खोटाङमा २–२ जनाको मृत्यु भएको छ  ।

त्यस्तै सिन्धुपाल्चोक, मोरङ, सुनसरी, महोत्तरी र सिन्धुली १-१ जनाको मृत्यु भएको छ । पाँचथरमा शनिबार भएको जिप दुर्घटनामा परी ज्यान गुमाएका ६ जनासमेत गरी ६१ जनाको मृत्यु भएको विवरण सशस्त्रले सोमबार साँझ सार्वजनिक गरेको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully