भारतीय बाँधले गौर बजार जलमग्न

भारतीय अधिकारीले माथिको आदेश भन्दै बाँधको गेट खोल्न मानेका छैनन् । यही कारण गौरको पानीले निकास पाएको छैन ।

आश्विन २०, २०८२

शिव पुरी

Gaur Bazar submerged by Indian Dam

What you should know

रौतहट — भारतीय पक्षले एकतर्फी रूपमा लगाएको बाँधले रौतहट सदरमुकाम गौर दुई दिनदेखि जलमग्न छ । सदरमुकाम गौरका सरकारी कार्यालय जलमग्न भए पछि सोमबार सेवाग्राही मारमा परेका छन् ।

गौरका अधिकांश सरकारी कार्यालय शनिबारदेखि नै जलमग्न छन् । पानीले निकास नपाउँदा गौर बजार जलमग्न भएको हो । सीमा क्षेत्रमा भारत सरकारले लगाएको बाँधका कारण गौरमा पानी जमेको हो । बाँधको पानी निकासका लागि बनाइएको सुलिस गेट (पानी निकास हुने ढोका) खोल्न रौतहटको स्थानीय प्रशासनले पटक-पटक अनुरोध गर्दा समेत भारतीय अधिकारीले मानेका छैनन् । 

Gaur Bazar submerged by Indian Damबाग्मती र लालबकैया नदीको बाढी पसेपछि गौरका सरकारी कार्यालय जलमग्न भएको हो । अहिले गौर बजारमै २ देखि ३ फिटसम्म पानी जमेको छ । भन्सार क्षेत्रमा ४ फिट पानी छ । प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले पानीले निकास नपाउँदा गौर बजार डुबानमा परेको बताए ।

‘मैले भारतस्थित सीतामढी जिल्ला प्रशासन प्रमुख (डीएम) लाई हिजैदेखि बाँधको सुलिस गेट खोलिदिन अनुरोध गरेको थिएँ,’उनले भने,‘माथि सोध्नु पर्छ भनेर आलटाल गरेका छन् । पानीको सतह कम भएपछि मात्र खोल्छु भन्छन् । अहिले गौरको अवस्था बिजोग छ । सरकारी अड्डा अगाडि बाटोमै पानी जमेपछि सेवाग्राही मारमा परेका छन् ।’ 

Gaur Bazar submerged by Indian Damभारतीय अधिकारीले भने माथिको आदेश भन्दै बाँधको गेट खोल्न मानेका छैनन् ।  यही कारण गौरको पानीले निकास पाएको छैन । दुई दिनदेखि भन्सारदेखि बीपी चोकसम्म सडकमा पानी जमेको छ । तीन दशकअघि लगाएको भारतीय बाँधका कारण बर्सेनि गौर बजार जलमग्न हुने गरेको छ । कार्यालयमै पनी पुग्न थाले पछि जिल्ला अदालतले सूचना निकालेर सेवाग्राहीलाई १५ दिनभित्र मुद्दाको कामले आउन अनुरोध गरेको छ ।  यता गौर नगरपालिका-६ लच्कामा जमेको पानीका कारण मानिसहरू सदरमुकाम पुग्न सकिरहेका छैनन् ।

Gaur Bazar submerged by Indian Damयसक्षेत्रमा सोमबार पानीको मात्रा केही कम भएको छ । प्रशासनका अनुसार बाढी र डुबानबाट हालसम्म ४१२ परिवार विस्थापित भएका छन् । दुर्गाभगवती गाउँपालिकामा २३६ परिवार विस्थापित भएका छन् । राजदेवी नगरपालिकामा ८९ परिवार विस्थापित भए । बाढीले गुजरा, ईशनाथ, राजपुर, कटहरिया, मौलापुर, फतुवा विजयपुरलगायतका नगरपालिकाहरूमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालय गौरले जनाएको छ । 

Gaur Bazar submerged by Indian Dam

Gaur Bazar submerged by Indian Dam

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully