झापाका बाढीपीडितको सडकमा बास [तस्बिरहरू]

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झापा गाउँपालिकामा मात्रै करिब १५ हजार घरधुरीका २५ हजारभन्दा बढी स्थानीय बाढीबाट प्रभावित भएका छन् ।

आश्विन २०, २०८२

पर्वत पोर्तेल

Jhapa flood victims live on streets [Photos]

सडकबारी, झापा — झापा गाउँपालिका-२ सडकबारीका राम हेमरमको परिवार अहिले सडकपेटीमा रात बिताउन बाध्य छ । रेडक्रसले दिएको त्रिपाल टाँगेर उनीहरू हुलाकी सडकको पेटीमा बास बस्न बाध्य छन् । माईखोलाको बाढीले घर डुबाएपछि ज्यान जोगाउन उनीहरू घर छाडेर भागेका थिए ।

Jhapa flood victims live on streets [Photos]

एक महिनाकी सुत्केरी जिज्ञासा टुडुसहित १० जनाको हेमरम परिवार अहिले खुला आकाशमुनि रात बिताइरहेको छ । ‘बिहान पानीको भेल आयो, घरको केही सामान झिक्न नपाउँदै डुबाइहाल्यो,' हेमरमले भने,'जसोतसो ज्यान बचाएर भागियो ।' बर्षा रोकिएपछि खोलामा पानीको सतह घटेको छ । कतिपय गाउँले घर फर्किन थालेका छन् । तर हेमरमजस्ता धेरै परिवार अझै सडक, विद्यालय र सामुदायिक भवनमा आश्रित छन् ।

Jhapa flood victims live on streets [Photos]

बाढीले सबै लुगाफाटा, अन्नपात र सामान भिजाएको स्थानीय कादो राजवंशीले सुनाए । ‘घर पूरै डुबेको छ, भित्रै हिलो भरिएको छ,’ उनले भने, ‘सफा गर्नै मुस्किल छ । तत्काल बस्न सक्ने स्थिति छैन ।’

Jhapa flood victims live on streets [Photos]

प्रेम र शंकर राजवंशीको ११ जनाको परिवारको बास पनि सडकमै छ । ती सबै अहिले अस्थायी टहरामा रात काटिरहेका छन्  ।पीडितहरूलाई रेडक्रस र स्थानीय पालिकाले बास र खानाको प्रबन्ध मिलाएको रेडक्रस झापाका सभापति लोकराज ढकालले जनाए। अगनवती, चानवती, चन्द्रे राजवंशी, धुला, सुनिता मर्डी र निसावु माझीका घर पनि बाढीले बगाएको छ ।

Jhapa flood victims live on streets [Photos]

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झापा गाउँपालिकामा मात्रै करिब १५ हजार घरधुरीका २५ हजारभन्दा बढी स्थानीय बाढीबाट प्रभावित भएका छन् । सडकबारीका बाढीपीडितहरूका अनुहारमा अहिले निराशा र चिन्ता मिसिएको छ । बाढीको पानी घटे पनि उनीहरूको पीडा घटेको छैन ।

Jhapa flood victims live on streets [Photos]
Jhapa flood victims live on streets [Photos]
Jhapa flood victims live on streets [Photos]
Jhapa flood victims live on streets [Photos]

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully