कोशी ब्यारेजका सबै ढोका खोलियो, पुलबाट आवतजावतमा रोक

ब्यारेजका ५६ वटै ढोका खोलिएको प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले बताए।

आश्विन १९, २०८२

विद्यानन्द राम

All the gates of the Koshi barrage were opened, traffic on the bridge was stopped

राजविराज — सप्तकोशी नदीमा पानीको बहाव खतराको सतहभन्दा झण्डै तीन गुणा बढेपछि ब्यारेजका सबै ढोका खोलिएको छ । भीषण वर्षाले नदीमा उच्च रुपमा बहाव वृद्धि भइरहेको छ ।

आइतबार बिहान ९ बजे पानीको बहाव ४ लाख ३१ हजार ५ सय २५ क्यूसेक मापन गर्दा सबै ढोका खोलिएको हो। ब्यारेजका ५६ वटै ढोका खोलिएको प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले बताए।

‘बहाव निरन्तर वृद्धि भइरहँदा जोखिमलाई मध्यनजर गर्दै ब्यारेज पुलबाट आवतजावत गर्न रोक लगाइएको छ’, प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले भने । नदीमा एक लाख ५० हजार क्यूसेक बहाव पुग्दा खतराको संकेतस्वरूप ब्यारेजमा रातो झण्डा र बत्ती बालिन्छ । 

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully