मोरङको रंगेलीबाट काठमाडौँ जाँदै गरेको बा ४ ख १६२८ नम्बरको माइक्रो बस बाटो बन्द भएको सूचनापछि सिन्धुलीको भिमानबाट फर्किने क्रममा शनिबार राति बाढीले बगाएको हो ।
उदयपुर — उदयपुरको बेलका नगरपालिका–४ लालबजारस्थित सडकमा बनाइएको कजवेमा बाढीले माइक्रो बस (हायस) बगाउँदा एक महिला बेपत्ता भएकी छन् ।
मोरङको रंगेलीबाट काठमाडौँ जाँदै गरेको बा ४ ख १६२८ नम्बरको माइक्रो बस बाटो बन्द भएको सूचनापछि सिन्धुलीको भिमानबाट फर्किने क्रममा शनिबार राति बाढीले बगाएको हो ।
राति १२ बजेतिर माइक्रो बस बगाउँदा माेरङकाे सुन्दर हरैँचा नगरपालिकाकी ३८ वर्षिया मञ्जु अधिकारी बेपत्ता रहेको प्रहरीले जनाएको छ । उनको खोजी भइरहेको छ।
चालकसहित २२ जना यात्रु सवार माइक्रो बसमा रहेकामा २१ जनाको भने सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डीएसपी केदारमान दोङले जानकारी दिए । उनका अनुसार ७९ वर्षीय कुरुकुमारी गौतमलाई घाइते अवस्थामा उद्धार गरी बेलका अस्पतालमा उपचार भइरहेको छ ।
घटनास्थलमा प्रहरी पुग्दा एक जना हायसको झ्याल फुटाएर बाहिर निस्किएका थिए भने तीन जना महिलालाई बगाउँदै गरेको अवस्थामा उद्धार गरिएको थियो । चालक भने प्रहरीको नियन्त्रणमै रहेको डीएसपी दोङले बताएका छन् । कजवेमा बाढीको अनुमान लाउन नसक्दा हायस बगाएको प्रहरीले जनाएको छ ।
