बाढी नघटुन्जेलसम्म अस्थायी बासका लागि विद्यालय र कलेजहरूलाई ठाउँ उपलब्ध गराउन मन्त्री महावीर पुनले अनुरोध गरेका हुन् ।
काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नदी आसपास बस्ने बासिन्दालाई स्कुल र कलेजमा राख्न अनुरोध गरेका छन् ।
शुक्रबार रातीदेखिको अविरल वर्षाका कारण नदी आसपास जोखिममा परेका बासिन्दालाई स्कुल र कलेजमा राख्नको लागि मन्त्री पुनले आग्रह गरेका हुन् ।
शनिबार सामाजिक सञ्जालमा पोस्ट राख्दै मन्त्री पुनले बाढी नघटुन्जेलसम्म अस्थायी बासका लागि विद्यालय र कलेजहरूलाई ठाउँ उपलब्ध गराउन अनुरोध गरेका हुन् ।
सामाजिक सञ्जालमा उनले लेखका छन्-‘...बागमती नदी छेउछाउमा बसोबास गर्ने बासिन्दाहरूलाई बाढीले विस्थापन गर्ने ठूलो सम्भावना रहेकोले उनीहरूलाई बाढी नघटुन्जेलसम्म बस्न अस्थायी व्यवस्था गर्नु पर्ने भएकोले सो क्षेत्रका विद्यालय र कलेजहरूले ठाउँ उपलब्ध गराई दिन विनम्र अनुरोध छ ।’
यता काठमाडौं महानगरपालिकाले पनि बाढीबाट जोखिममा रहेकाहरूलाई सुरक्षित स्थानमा रहेका स्कुल तथा कलेजमा स्थानान्तरण गरिरहेको छ ।
सम्बन्धित समाचार : लाइभ अपडेट : वर्षाको विपत्ति- देशैभर कहाँ के भइरहेकाे छ?
