पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको गोरुसिंगे–सन्धिखर्क सडक र रुपन्देहीको सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकमा गाडी सञ्चालनमा अत्यावश्यकबाहेक सवारी साधनलाई जिल्ला प्रशासन कार्यालयले रोक लगाएको हो ।
अर्घाखाँची — जिल्ला सदरमुकाम सन्धिखर्क जोड्ने दुई मुख्य सडकमा आज र भोलि रातभर सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको गोरुसिंगे–सन्धिखर्क सडक र रुपन्देहीको सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकमा गाडी सञ्चालनमा अत्यावश्यकबाहेक सवारी साधनलाई जिल्ला प्रशासन कार्यालयले रोक लगाएको हो ।
देशभर भीषण वर्षा भइरहेका बेला अर्घाखाँचीमा दुई सडकमा बाढी पहिरो, भू–क्षय तथा विपद्जन्य घटना हुन सक्ने भएकाले यात्रुको सुरक्षा र विपद् जोखिम न्यूनीकरण गर्न सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले बताए ।
शनिबार बेलुका ६ देखि २० गते सोमबार बिहान ५ बजेससम्मका लागि रातिमा अत्यावश्यकबाहेक सबै गाडी रातको बेला नचलाउन यातायात व्यवसायीसहित सर्वसाधारणका लागि जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।
सन्धिखर्क–गोरुसिंगे सडक खण्डको फुदवाङ, जगत, नरपानी, सितापुर, ठाडालगायतका स्थानमा पहिरोको उच्च जोखिम रहेको छ । त्यस्तै ढोरपाटन सडक क्षेत्रको धेरैजसो ठाउँ पनि जोखिम रहेकाले यात्रा गर्न उपयुक्त नरहेको अर्यालले बताए ।
सम्बन्धित समाचार : लाइभ अपडेट : वर्षाको विपत्ति- देशैभर कहाँ के भइरहेकाे छ?