काठमाडौंमा जोखिमयुक्त बस्तीका बासिन्दालाई विद्यालयमा स्थानान्तरण गरिँदै

खोला छेउछाउका जोखिमयुक्त बस्तीमा बसोबास गर्ने बासिन्दाहरूलाई नजिकैका विद्यालयहरूमा स्थानान्तरण गर्ने कार्य भइरहेको छ।

आश्विन १८, २०८२

कान्तिपुर संवाददाता

Residents of hazardous slums are being transferred to schools in Kathmandu

काठमाडौँ — निरन्तर वर्षाका कारण काठमाडौं महानगरपालिकाभित्रका खोलाहरूमा पानीको बहाव बढ्दै गएको र डुबानको सम्भावना बढेपछि महानगरपालिकाको शिक्षा विभागले सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन जारी गरेको छ। खोला छेउछाउका जोखिमयुक्त बस्तीमा बसोबास गर्ने बासिन्दाहरूलाई नजिकैका विद्यालयहरूमा स्थानान्तरण गर्ने कार्य भइरहेको छ।

महानगरपालिकाको विपद् व्यवस्थापन विभागका अनुसार,बागमती,विष्णुमतीलगायतका खोलाहरूको पानीको सतह निगरानीमा राखिएको छ। थली,बनेश्वर, कोटेश्वर र दोभान क्षेत्रमा स्थानीय वडा सदस्यहरूमार्फत समन्वय गरी विद्यालयहरू आश्रयस्थलका रूपमा पहिचान गरिएका छन्। विपद्को अवस्थामा बासिन्दाहरूलाई बस्ने,सुत्ने र ओत लाग्ने स्थानको अभाव हुन सक्ने भएकाले विद्यालयहरूलाई आधारभूत सुविधाहरू(जस्तै:शौचालय,खानेपानी,सुरक्षित स्थान) तयार राख्न र उद्धार कार्यमा सहयोग गर्न निर्देशन दिइएको छ।

महानगरपालिकाले गत वर्ष जोखिममा परेका क्षेत्रहरूमा प्राविधिक टोली खटाएर निरन्तर निगरानी गरिरहेको छ। हालसम्म ठूलो बाढीको कुनै घटना नभए पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै सतर्कता अपनाइएको छ। सम्पूर्ण उद्धार तथा व्यवस्थापन कार्य काठमाडौं महानगरपालिकाको समन्वयमा सञ्चालन हुनेछ ।

सम्बन्धित अन्य समाचार : लाइभ अपडेट : वर्षाको विपत्ति- देशैभर कहाँ के भइरहेकाे छ?

कान्तिपुर संवाददाता

Link copied successfully