सूचिकृत नहुने प्लाटफर्म निस्क्रिय बनाउनेबारे सञ्चार मन्त्रालयले बुधबार निर्णय गरेकै दिन, हाम्रो पात्रो सूचिकृत हुन आएको हो ।
काठमाडौँ — नेपाल दूरसंचार प्राधिकरणले नेपाल भीत्र संचालनमा रहेका १६ सामाजिक संजाल प्लाटफर्महरुलाइ निस्क्रिय गराउन मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाइ पत्राचार गरेसँगै हाम्रो पात्रोले सूचिकृत हुने प्रकियामा लागेको छ ।
सूचिकृत नहुने प्लाटफर्म निस्क्रिय बनाउनेबारे सञ्चार मन्त्रालयले बुधबार निर्णय गरेकै दिन, हाम्रो पात्रो सूचिकृत हुन आएको हो । दूरसंचार प्राधिकरणले बन्द हुने २६ सामाजिक सञ्जालको सूची समेटेर मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई पत्राचार गरेको छ । जसमा हाम्रो पात्रो पनि थियो ।
‘हाम्रो पात्रले आजै निवेदन दिएको हुनाले यो निस्क्रिय हुँदैन,’ मन्त्रालयका प्रवक्त्ता गजेन्द्र कुमार ठाकुरले भने, ‘सूचिकृत हुँन बाँकी सबै निस्क्रिय हुन्छन् । निस्क्रिय बनाउने कुरा स्विच थिचेजस्तो अन/अफ गर्ने विषय होइन, प्राविधिक कुरा भएकाले केही समय लाग्ला ।’
