कांग्रेस दार्चुलाको सभापतिमा पुन: बोहरा

मंसिर ११, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस दार्चुलाको जिल्ला सभापतिमा ललितसिंह बोहरा दोहोरिएका छन् । १४ औँ महाधिवेशनअन्तर्गत भएको जिल्ला अधिवेशनले बोहरालाई दोस्रो कार्यकालका लागि निर्वाचित गरेको हो ।

बोहरा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेता हुन् । जिल्ला अधिवेशनमा ९५६ मत खसेको थियो । त्यसमध्ये बोहराले ६२० मत पाएका छन् भने अर्का प्रत्यासी अमरसिंह धामीले ३०९ मत पाएका छन् ।

त्यस्तै, उपसभापतिमा महादेव बडू र ललितसिंह ठगुन्ना निर्वाचित भएका छन् । सचिवमा पुलेन्द्रबहादुर कार्की र माधवराज भट्ट तथा सहसचिवमा राजु अवस्थी र राजेन्द्रप्रसाद जोशी निर्वाचित भएका छन् । 

कांग्रेस महाधिवेशन

कान्तिपुर

Link copied successfully