कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

जनघनत्व बढी भएका जिल्लालाई खोपको प्राथमिकतामा राखिनेछ : स्वास्थ्य राज्यमन्त्री

कान्तिपुर संवाददाता

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले काठमाडौं उपत्यका र जनघनत्व बढी भएका जिल्लालाई खोपको पहिलो प्राथमिकतामा राख्ने बताएका छन् ।

जनघनत्व बढी भएका जिल्लालाई खोपको प्राथमिकतामा राखिनेछ : स्वास्थ्य राज्यमन्त्री

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै राज्यमन्त्री श्रेष्ठले जनघनत्व तथा संक्रमण बढी भएका जिल्लामा खोपको विशेष व्यवस्था हुने जानकारी गराएका हुन् ।

उनका अनुसार नेपाली जनतालाई ५ करोड ५० लाख खोप को आवश्यकता पर्छ । उनले पूर्ववर्ती सरकारले ९७ लाख खोप प्राप्त गरी १८ महिना असार मसान्तसम्म ४२ लाख खोप जनताले पाएकोमा नयाँ सरकार आएपछि ७५ लाख खोप लगाइएको बताए ।

राज्यमन्त्री श्रेष्ठले वर्तमान सरकारले खोपलाई अभियानको रुपमा लग्दै दैनिक १ लाख ५० हजार देखि २ लाख खोप लगाउने थालनी गरेको दाबी गरे ।

‘असोज मसान्तसम्म भुटानबाट खोप प्राप्त भएपछि ३३ प्रतिशत जनतालाई खोप पाउँछन्,' उनले भने । उनले १५ दिनभित्र जाँच दिने विद्यार्थीहरुलाई खोप दिने तयारी भइरहेको जनाए ।

श्रेष्ठले तेस्रो लहरको तयारीमा जुटेको बताउँदै सरकारले स्वास्थ्यको बजेट बढी बढाउनुपर्ने बताए । कोभिड मात्र होइन ननकोभिडमा पनि प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।

सम्बन्धित समाचार :

प्रकाशित : श्रावण २८, २०७८ १४:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?