कोरोनाबाट आइतबार हेटौंडामा ४ जनाको मृत्यु

जेष्ठ २, २०७८

सुवास विडारी

मकवानपुर — हेटौंडा अस्पतालमा आइतबार कोरोना संक्रमणबाट चारजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीनजना महिला र एकजना पुरुष रहेका छन् ।

हेटौंडा अस्पतालको कोभिड वार्डमा उपचाररत हेटौंडा–१४ की ७४ वर्षीया, ४८ वर्षीया तथा हेटौंडा–८ की ६१ वर्षीया महिला र हेटौंडा–२ चौकीटोलका ६४ वर्षीय एक पुरुष गरी ४ जना कोरोना संक्रमित बिरामी मृत्यु भएको हो । मृतक चारै जनाको वैशाख २६  गते कोरोना पोजिटिभ पुष्टि भएको थियो ।

उनीहरु श्वासप्रश्वासमा समस्या भएपछि हेटौंडा अस्पतालमा भर्ना भएका थिए । ‘मृतक सबैमा अन्य रोग पनि थियो । विशेष गरी श्वासप्रश्वासमा समस्या थियो,’ अस्पतालका कोभिड फोकल पर्सन डा. सागर काफ्लेले भने ।

उनका अनुसार अस्पतालको कोभिड वार्ड पूर्णरुपमा संक्रमितको चापले भरिएको छ । कोरोनाको दोस्रो लहरबाट मकवानपुरमा मृत्यु हुनेको संख्या २८ पुगेको छ ।

कोरोना खोपकोरोना भाइरस

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully