कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोनाबाट आइतबार हेटौंडामा ४ जनाको मृत्यु

सुवास विडारी

मकवानपुर — हेटौंडा अस्पतालमा आइतबार कोरोना संक्रमणबाट चारजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीनजना महिला र एकजना पुरुष रहेका छन् ।

कोरोनाबाट आइतबार हेटौंडामा ४ जनाको मृत्यु

हेटौंडा अस्पतालको कोभिड वार्डमा उपचाररत हेटौंडा–१४ की ७४ वर्षीया, ४८ वर्षीया तथा हेटौंडा–८ की ६१ वर्षीया महिला र हेटौंडा–२ चौकीटोलका ६४ वर्षीय एक पुरुष गरी ४ जना कोरोना संक्रमित बिरामी मृत्यु भएको हो । मृतक चारै जनाको वैशाख २६ गते कोरोना पोजिटिभ पुष्टि भएको थियो ।

उनीहरु श्वासप्रश्वासमा समस्या भएपछि हेटौंडा अस्पतालमा भर्ना भएका थिए । ‘मृतक सबैमा अन्य रोग पनि थियो । विशेष गरी श्वासप्रश्वासमा समस्या थियो,’ अस्पतालका कोभिड फोकल पर्सन डा. सागर काफ्लेले भने ।

उनका अनुसार अस्पतालको कोभिड वार्ड पूर्णरुपमा संक्रमितको चापले भरिएको छ । कोरोनाको दोस्रो लहरबाट मकवानपुरमा मृत्यु हुनेको संख्या २८ पुगेको छ ।

प्रकाशित : जेष्ठ २, २०७८ १२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?