कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

निषेधाज्ञा छ, पालना छैन [तस्बिरहरू]

तस्बिर : कविन अधिकारी

काठमाडौँ — कोरोना महामारी नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा लगाइएको छ । संक्रमण रोकथामका लागि भिडभाड नगर्न प्रशासनले आग्रह गरे पनि त्यसको पालना भएको छैन । कोरोना फैलन नदिन सरकारले बिहानको एक समय मात्रै खाद्य तथा दैनिक उपभोग्य वस्तुका पसल खोल्न दिएकामा त्यही बेला बढी भिडभाड भइहेको देखिन्छ । किनमेलका क्रममा मापदण्ड पालना नहुँदा संक्रमण दर अझ बढ्ने जोखिम निम्तिएको छ । काठमाडौंको बालाजु माछापोखरीमा आइतबार बिहान तरकारी किन्नेहरुको निकै भिड लागेको थियो । मानिसहरु भौतिक दूरी कायम नगरी हिँडडुल गरिरहेका थिए । देशभर दैनिक रुपमा ८ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेका छन् ।


प्रकाशित : जेष्ठ २, २०७८ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्