१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

बाँकेमा कोरोनाबाट थप ८ जनाको मृत्यु

रूपा गहतराज

नेपालगन्ज — बाँकेमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । योसंगै जिल्लामा कोरोनाबाट दुई सय ३५ जनाको मृत्यु भएको छ । बाहिरी जिल्लाबाट उपचार गराउन आउँदा एक सय ८३ जनाको मृत्यु भइसकेको  छ ।

बाँकेमा कोरोनाबाट थप ८ जनाको मृत्यु

बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार मृतकमध्ये बाँके र बर्दियाका ३/३ जना र रोल्पा र कैलालीका एक/एकजना रहेका छन् । नेपालगन्ज उपमहानगरपालिका-१९ का ६० वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ । वैशाख २८ गते पीसीआर गरिएका उनलाई जेठ १ गते भर्ना गरिएको थियो ।

भेरी अस्पतालमै कोहलपुर नगरपालिका-१५ का ६७ वर्षीय पुरुषको मृत्यु भएको छ । वैशाख ३१ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो । राप्तिसोनारी गाउँपालिका २ बाँकेकी ५२ वर्षीय महिलाको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ । जेठ १ गते एन्टिजेन परीक्षण गरिएको उनलाई त्यही दिन कोहलपुरमा भर्ना गरीएको थियो ।

बर्दिया मधुवन नगरपालिका-९ का ७१ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । वैशाख २५ गते पीसीआर गरिएका उनलाई २९ गते भर्ना गरिएको थियो । बर्दिया बढैयाताल गाउँपालिका-१ का ५० वर्षीय पुरुषको भेरी अस्पतालमै मृत्यु भएको छ । वैशाख २७ गते पीसीआर गरिएका उनलाई ३० गते भर्ना गरिएको थियो । यसैगरी बर्दिया बढैयाताल गाउँपालिका-२ का ८७ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । वैशाख २८ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो ।

यस्तै, कैलाली गौरीगंगा गाउँपालिका-४ का ५२ वर्षीय पुरुषको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ । वैशाख १६ गते कैलालीमा पीसीआर गरिएका उनलाई २३ गते भर्ना गरिएको थियो ।

रोल्पा रुम्टीगढीका ३५ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । वैशाख २५ गते दाङमा पीसीआर गरिएका उनलाई २९ गते भेरीमा भर्ना गरिएको थियो ।

प्रकाशित : जेष्ठ २, २०७८ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?