कोरोना संक्रमणपछि पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती र छोरी प्रेरणा अस्पताल भर्ना

काठमाडौँ — कोरोना संक्रमणपछि पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाह र पूर्वअधिराजकुमारी प्रेरणा शाह नर्भिक अस्पताल भर्ना भएका छन् ।

कोरोना संक्रमणपछि पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती र छोरी प्रेरणा अस्पताल भर्ना

उनीहरु शनिबार दिउँसो १ बजे भर्ना भएको अस्पतालले प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ । अस्पतालको विज्ञप्तिमा भनिएको छ, ‘उहाँहरु आज(शनिबार) दिउँसो १ बजे नर्भिक अस्पतालमा भर्ना हुनुभएको हो ।’

पूर्वराजा ज्ञानेन्द्रसहित तीनै जनालाई केही दिनअघि कोरोना संक्रमण पुष्टि भएको पनि अस्पतालले जनाएको छ । उपचारमा संलग्न चिकित्सकहरुको अनुसार तीनैजनाको अवस्था स्थिर र सामान्य रहेको छ ।

केही दिनअघि पूर्वराजा ज्ञानेन्द्र दम्पती भारतको हरिद्वारमा आयोजित कुम्भ मेलामा सहभागी भएर वैशाख ५ गते नेपाल फर्किएका थिए । ज्ञानेन्द्र उत्तराखण्डको हरिद्वारमा भएको शाही स्नानमा सहभागी भएका थिए ।

हरिद्वारको कुम्भ मेलामा सहभागी भएका सयौंलाई यसअघि नै कोरोना पुष्टि भएको छ । शुक्रबार मात्रै कुम्भ मेलाबाट फर्किएका पाल्पाका १० जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित : वैशाख ११, २०७८ १४:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?