कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतको कुम्भ मेलाबाट फर्किएका १० जनामा कोरोना पुष्टि

पाल्पा — केही दिनअघि भारतको हरिद्वारमा भएको कुम्भ मेलाबाट फर्किएका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतको कुम्भ मेलाबाट फर्किएका १० जनामा कोरोना पुष्टि

रामपुर नगरपालिका क्षेत्रबाट १५ जना कुम्भ भेलामा सहभागी भएका थिए । उनीहरुको पीसीआर परीक्षण गर्दा पोजेटिभ पुष्टि भएको रामपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख तीर्थप्रसाद ढुंगानाले बताए । उनका अनुसार संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य छ । सबै संक्रमित होम आइसोलेसनमा बस्दै आएका छन् ।

रामपुर नगरपालिकाले समुदायमा संक्रमण फैलिनसक्ने जोखिमलाई मध्यनजर गर्दै कुम्भ मेलाबाट फर्किएका सबै नागरिकलाई अनिवार्य क्वारेन्टाइनमा बस्न निर्देशन दिएको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा शुक्रबार थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिका तथा अस्पतालका ७ जना छन् । बगनासकाली गाउँपालिकाका २, रैनादेवी छहराका ३ र रामपर नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय ३५ पुगेको छ । संक्रमित मध्ये १० जना अस्पतालमा र बाँकी सबै होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित : वैशाख १०, २०७८ २०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?