१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

एकै दिन २ हजार ४४९ जनामा कोरोना पुष्टि

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ४४९ जना कोरोना संक्रमित थपिएका छन् ।

एकै दिन २ हजार ४४९ जनामा कोरोना पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार ७९८ पीसीआर परीक्षणबाट शुक्रबार २ हजार ४४९ जना संक्रमित फेला परेको हो । त्यस्तै ८६६ एन्टिजेन परीक्षणबाट ११० जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन परीक्षणमा २ हजार ५९ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ९४ हजार ६०१ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४१० जना डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ७६ हजार ७५५ पुगेको छ । सोही अवधिमा कोरोनाबाट १ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १२२ पुगेको छ । सक्रिय संक्रमित १४ हजार ७ सय २४ छन् भने क्वारेन्टाइनमा ७५ जना रहेका छन् ।

प्रकाशित : वैशाख १०, २०७८ १६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?