स्वास्थ्य मापदण्डसहित रमजान प्रार्थना [तस्बिरहरु]

वैशाख १०, २०७८

तस्बिर : इलिट जोशी

काठमाडौँ — इस्लाम धर्मावलम्बीहरुको एक महिनासम्म चल्ने चाड रमजान पर्व मनाउने क्रममा भौतिक दूरी कायम गरी प्रार्थना गरिएको छ । कोरोना संक्रमण बढ्न थालेसँगै सरकारले धार्मिक कार्यहरु गर्दा पनि स्वास्थ्य मापदण्ड पालना गर्न, गराउन निर्देशन दिएको छ । सोही कारण काठमाडौंको काश्मिरी मस्जिदमा धर्मावलम्बीहरुले शुक्रबारे प्रार्थनामा भौतिक दूरी कायम गरी प्रार्थना गरेका हुन् । एक महिनासम्म चल्ने यो पर्वमा मुस्लिम समुदायहरु दिनभर निराहार बस्छन् ।

रमजान महिनामा सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास छ। दान दिनु, गरिब र दीन दुःखीलाई सेवा गर्नु तथा जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो। रमजान व्रत बस्न साँझ चन्द्रमा हेर्न आकाशतिर दृष्यावलोकन गर्ने र चन्द्रमा हेरेर रमाउने प्रचलन छ।शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ। कुलतमा लागेका मानिस एक महिना इमान्दारीपूर्वक रोजा बस्न सक्यो भने चुरोट, खैनी, गुट्खा आदि पदार्थ खाने बानीमा परिवर्तन आउन सकिने अजादको भनाइ छ । त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमान रोजा बस्नुलाई गर्व मान्दछन्। नबालक, बिरामी, घातक रोग लागेका र गर्भवती महिलालाई रोजा बस्न अनिवार्य छैन ।

कोरोना भाइरस

तस्बिर

Link copied successfully