प्रदेश २ मा कोरोना नियन्त्रणका लागि सर्वदलीय संयन्त्र गठन

वैशाख ११, २०७८

सन्तोष सिंह

धनुषा — प्रदेश २ मा काेराेना महामारी नियन्त्रणका लागि सरकारले चालेको कदमहरुलाई थप प्रभावकारी बनाउन प्रदेश सरकारले सर्वदलीय संयन्त्र गठन गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतले शनिबार बिहान आफ्नै निवास परिसरमा सर्वदलीय बैठक आयोजना गरी सरकारले हालसम्म चालेका कदमबारे जानकारी गराउँदै थप सहयोग र सहकार्यका लागि सर्वदलिय संयन्त्र गठन गरेका हुन् ।

समाजिक विकासमन्त्री नवलकिशोर साहको अध्यक्षतामा गठित उक्त सर्वदलीय संयन्त्रमा नेकपा एमाले संसदीय दलका नेता शत्रुधन महतो, नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादव, नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता भरत साह र जसपाका सचेतक परमेश्वर साह, प्रदेशसभा सदस्य रामअशिष यादव छन् ।

बैठकले २५ जना भन्दा बढी सहभागी हुने, सांस्कृतिक, धार्मिक, राजनीतिक गतिविधिहरुलाई स्थानीय प्रशासनको सहयोगमा कडाइका लागि रोक्ने निर्णय समेत गरेको छ ।

कोरोना भाइरस

सन्तोष सिंह कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

Link copied successfully