काठमाडौँ — नेकपाका अध्यक्ष पुष्पकमल दाहालले बिहीबारको आमहडताल सफल भएको बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध भइरहेको आन्दोलनबारे जानकारी दिन शुक्रबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले वर्तमान राजनीतिक परिस्थितिमा आमहडताल जरुरी रहेको दाबी गरे ।
उनले अहिलेको प्रतिगमनविरुद्ध आगामी दिनमा पनि जनताको सहभागितामा आमहडताल गरिने बताए । मुलुकमा चलिरहेको आन्दोलन लोकतन्त्रको रक्षाका लागि भएको पनि दाहालले बताए । 'हामी लोकतन्त्र र संविधानको पक्षमा संघर्षको मैदानमा पुनः एक पटक छौं,' दाहालले उनले, 'लोकतन्त्रको रक्षाका जस्तो पनि मूल्य चुकाउन तयार छौं । आत्मसमीक्षा भने गर्ने छौं । '
अध्यक्ष दाहालले नेकपाको विवादसम्बन्धमा श्वेतपत्र निकाल्ने तयारी भइरहेको बताए । कार्यक्रममा उनले आफू एमसीसीकाे पक्षमा नरहेको पनि प्रस्ट्याए । एमसीसीबारे पार्टीले अन्तिम निर्णय गरिनसकेको उनकाे भनाइ छ । उनले भने, 'संवैधानिक परिषद्मा भएको ज्यादतीपूर्ण नियुक्तिको विषयमा आन्दोलन हो याे । यो बेलामा १० थरीका नारा लगाउनुभन्दा जे कार्यक्रम हो, त्यससम्बन्धी नारा लगाउन भनिएको हो । एउटा विषयमा प्रतिवाद गर्न बोलाइएको छ, अर्को १० थरी नारा लगाउँदा उपलब्धि हुँदैन । संघर्ष समितिले लगाएको एउटा नारा छ तर अर्को नारा लगाइयो ।’
यो पनि पढ्नुहोस्ः
