संसद् विघटन

प्रधानमन्त्रीका लागि मरिहत्ते गरेको छैन, पाए भाग्ने कुरा छैन : देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदका लागि आफू मरिहत्ते नगर्ने तर पाएदेखि नभाग्ने बताएका छन् । चितवनको रत्‍ननगरमा पार्टीका नेता स्वर्गीय एकनाथ रानाभाटको १३औं दिनको श्रद्धाञ्जली कार्यक्रममा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन् ।

अविश्वासको प्रस्तावबारे संसद् सचिवालयले निर्णय लिन्छ : माधवकुमार नेपाल

नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दर्ता भइसकेको अविश्वासको प्रस्तावको विषयमा संसद् सचिवालयले यथोचित निर्णय लिने बताएका छन् ।

दाहाल-नेपाल समूहले प्रधानमन्त्रीविरुद्ध दर्ता गराएको अविश्वास प्रस्ताव अघि नबढाउने

नेकपाको दाहाल–नेपाल समूहले संसद् विघटन भएकै दिन पुस ५ मा संसद् सचिवालयमा दर्ता गराएको प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वास प्रस्ताव अगाडि नबढाउने भएको छ ।

अहिले हामी सरकारमा जानै हुन्‍न : गगन थापा

नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनलाई ‘असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख’ ठहर गरे पनि सभापति शेरबहादुर देउवाले पुनःस्थापना वा चुनाव भन्ने ठोस निसाना चयन गरेनन् ।

ओली स्वार्थकी सहयोगी

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका सिफारिस तथा निर्णयलाई संविधान र कानुनसँग मेल खाए/नखाएको सामान्य परीक्षणसमेत नगरी तत्कालै कार्यान्वयनमा लैजाने हतारोका कारण स्वयं राष्ट्रपति विद्यादेवी भण्डारी र राष्ट्रपति–संस्था आलोचित बन्दै आएको छ ।

फैसलाको भोलिपल्ट नेम्बाङले भने : ‘प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन नगर्नुस् भनेको थिएँ, मान्नुभएन’

संविधानसभा अध्यक्ष तथा नेकपा नेता सुवासचन्द्र नेम्बाङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूले प्रतिनिधिसभा विघटन नगर्न सुझाव दिएको बताएका छन् ।

प्रतिनिधिसभाको असंवैधानिक विघटन बदर

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको सिफारिस र त्यसलाई कार्यान्वयन गर्ने राष्ट्रपतिको निर्णयलाई असंवैधानिक ठहर गरेको छ । सर्वोच्चले मुख्य रूपमा तीनवटा विषयलाई आधार मान्दै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिस, राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णय र त्यसका आधारमा यसबीच भएका सबै काम बदर गरेको हो । यो निर्णयमा संवैधानिक इजलासका पाँचै जना न्यायाधीशको एकमत रह्यो ।

अस्थिरताको खेलले प्रधानमन्त्रीको कदमको औचित्य पलपल पुष्टि गर्नेछ : मुख्यमन्त्री पोखरेल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले  प्रतिनिधिसभा पुन:स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले अस्थिरताको खेल सुरु हुने प्रतिक्रिया दिएका छन् ।

फैसलापछि कांग्रेस र जसपाले के गर्लान् ?

सम्भावित राजनीतिक दृश्यलाई नियाल्दै नेकपाका दुवै समूहले यतिबेला कांग्रेसलाई फकाउन चाहेका छन् । प्रतिनिधिसभा पुनःस्थापना हुँदा र नहुँदाका दुवै बखत कांग्रेसको भूमिका निर्णायक हुने दुवै पक्षको ठम्याइ छ ।

फैसलापछिका सम्भावित परिदृश्य

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनपछि सबैको नजर सर्वोच्च अदालतमै पुगेर अडिएका बेला प्रधानसेनापति पूर्णचन्द्र थापा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई भेट्न रामशाहपथ नै पुगेपछि दुई महिनादेखि चलिरहेको सेटिङको चर्चा फेरि चुलियो ।

प्रधानसेनापतिको ‘विवादास्पद भेट’

कूटनीति र सुरक्षा क्षेत्रमा ‘टाइमिङ’ र ‘स्पेस’ को महत्त्व कति हुन्छ, यसबारे प्रधानसेनापति पूर्णचन्द्र थापा जानकार नहुने कुरै भएन । नेपाली सेनामा त यसबारे पढाउने र सिकाउनेसमेत गरिन्छ । तैपनि सेनापति थापाले सोमबार दिउँसो यो विषयलाई खासै मतलब राख्न चाहेनन्, जसलाई लिएर सार्वजनिक वृत्तमा चर्चा सुरु भएको छ ।

विघटन मुद्दामा आज ‘हेर्दाहेर्दै’

प्रतिनिधिसभा विघटनको मुद्दामा फैसलाको व्यग्र प्रतीक्षा भइरहेका बेला सुनुवाइको सम्पूर्ण प्रक्रिया सकेको सर्वोच्च अदालतले मंगलबारका लागि ‘हेर्दाहेर्दै’ मा पेसी तोकेको छ । सोमबारसम्म दुवै पक्ष र एमिकस क्युरीका कानुन व्यवसायीहरूलाई बहसनोट पेस गर्ने समय सीमा तोकेको सर्वोच्चले मंगलबारका लागि हेर्दाहेर्दैको पेसी तोकेको हो ।

संसद् पुनःस्थापना भए आन्दोलन गर्छु भनेको छैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापना भए राजनीतिको फोहोरी खेल सुरु हुने बताएका छन् । उनले नयाँ सरकार गठनका लागि कुनै पनि दलको बहुमत नभएकाले प्रधानमन्त्री हुन सांसद किनबेच सुरु हुने र विकास निर्माणका काम अवरुद्ध हुने दाबी गरे ।

नागरिकसँग माफी माग्दै राजीनामा दिनुमै प्रधानमन्त्री ओलीको भलाइ छ : संयोजक पाण्डे

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले युवा पुस्तालाई चिढाएर गल्ती गरेको अभिव्यक्ति बताएका छन् ।

ओलीले अदालतलाई धम्क्याए : मोहनविक्रम सिंह

नेकपा मशालका महामन्त्री मोहनविक्रम सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले अदालत र निर्वाचन आयोगलाई धम्क्याएको आरोप लगाएका छन् ।

विपक्षमा फैसला भए आन्दोलन : प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापना हुन नसक्ने अडान दोहोर्‍याएका छन् । नेकपा ओली समूहको प्रदेश १ कमिटीले शनिबार विराटनगरमा गरेको जनसभामा उनले ‘जनता (विघटन) को विपक्षमा अदालतको फैसला आए’ आन्दोलनमा उत्रने चेतावनीसमेत दिए । ‘कुनै प्रकारको जालझेल, षड्यन्त्र, तिकडम, सेटिङ भएर देश र जनताको विपक्षमा फैसला भयो भने हाम्रो आन्दोलन अगाडि बढ्छ,’ उनले भने ।

प्रतिनिधिसभा पुनःस्थापना भए गठजोडका सरकार बन्‍ने र अस्थिरता आउने ओलीको दाबी

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले विघटित प्रतिनिधिसभा पुनःस्थापना गरे गठजोडको सरकार बन्ने र मुलुक अस्थिरतामा जाने दाबी गरेका छन् । 

प्रतिनिधिसभा पुनःस्थापना नभए संसदीय व्यवस्था समाप्त हुन्छ : सिटौला

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रतिनिधिसभा पुनःस्थापना हुन नसके मुलुकबाट संसदीय व्यवस्था नै समाप्त भएर जाने बताएका छन् । 

सभामुख सरकारका झगडिया र किर्ते, उपराष्ट्रपति चुनावतिर आउनुस् : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख र उपराष्ट्रपतिको आलोचना गरेका छन् । उपराष्ट्रपति नन्दबहादुर पुनले सरकारको आलोचना गरेको र सभामुख अग्निप्रसाद सापकोटाले किर्ते गरेको तथा सरकारविरुद्ध मुद्दा हालेको भनेर प्रधानमन्त्रीले आलोचना गरेका हुन् । 

मुलुकको असामान्य परिस्थितिमा देश भित्र र बाहिरका शक्तिले खेलिरहेका छन् : गृहमन्त्री थापा 

गृहमन्त्री रामबहादुर थापाले मुलुकमा असामान्य परिस्थिति उत्पन्न भएको र त्यसमा देशभित्र र बाहिरका शक्तिहरूले खेलिरहेको बताएका छन् । 

दाहाल-नेपाल पक्ष प्रदेशमा भाँजो हाल्न आएको छ : मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेकपामा पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले प्रदेशमा भाँजो हाल्न लागेको आरोप लगाएका छन् । नेकपा केपी शर्मा ओली समूहको विराटनगरमा आयोजित सभामा मुख्यमन्त्री तथा नेता राईले प्रदेश कब्जा गर्न नदिने बताएका छन् । 

'जनताप्रति उत्तरदायी बन' भन्‍नेलाई ओलीले अरिंगाल र साइबर सेना लगाइदिन्छन् : डा. केसी

नागरिक अभियन्ता डा. गोविन्द केसीले प्रधानमन्त्री केपी ओली शक्तिले उन्मादमा रहेको बताएका छन् । शनिबार माइतीघर मण्डलमा भएको अहिंसात्मक नागरिक प्रदर्शनलाई सम्बोधन गर्दै डा. केसीले केपी शर्मा ओलीले प्रधानमन्त्री भएदेखि नै नागरिक स्वतन्त्रतामाथि प्रहार गरिरहेको बताए । 

प्रतिनिधिसभा विघटनको मुद्दा ११ गते ‘हेर्दाहेर्दै’ मा

प्रतिनिधिसभा विघटनको मुद्दामा दुवै पक्ष र एमिकस क्युरीको रायसमेत सुनुवाइ गरेको सर्वोच्च अदालतले आगामी मंगलबारका लागि पेसी तोकेको छ । सुनुवाइ सकिएपछि इजलासका तर्फबाट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बहसनोट पेस गर्न दुई दिन समय तोकेका छन् ।